१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण १४ बुधबार १२:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘बालबालिकाको डाक्टर साथी’ पुस्तक विमोचन

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १२:५२:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहद्वारा लिखित ‘बालबालिकाको डाक्टर साथी’  पुस्तकको सोमबार विमोचन गरिएको छ ।  

पत्रकार देवेन्द्र कार्कीले सम्पादन गरेको पुस्तक बिपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, भाषाविद् प्राडा टंक न्यौपाने, प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर साह, प्रतिष्ठानका नर्सिङ विभागका प्रमुख प्राध्यापक उपेन्द्र यादव, लेखक डा. सिंह, सम्पादक देवेन्द्र कार्कीले संयुक्त रूपमा विमोचन गरेका थिए ।

भाषाविद् टंक न्यौपानेले ग्रामीण भेगका स्वास्थ्य स्वयंसेविकाका लागि यो पुस्तक उपयोगी रहेकाले दुर्गममा पुऱ्याउन सुझाए ।

आमचोक सरोकार समाज सुनसरीले प्रकाशन गरेको पुस्तक बिक्रीबाट आएको रकमले बिपी प्रतिष्ठानमा उपचारका लागि आउने दुर्गम क्षेत्रका विपन्न परिवारका बालबालिकाको उपचारमा खर्च गर्ने गरी संस्थामा ५० हजारको कोषसमेत बनाइएको कार्यक्रममा संस्थाका सचिवसमेत रहेका कार्कीले जानकारी दिएका थिए ।  

पुस्तकमा बालबालिकामा लाग्ने रोगहरू, उपचारबारे पूर्ण जानकारी दिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ स्वयंसेविकाहरूले पनि पढ्न र अरूलाई बुझाउन सकून् भन्ने उद्देश्यले सरल भाषामा प्रस्तुत गरिएको लेखक डा. सिंहले बताए ।