१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १४ बुधबार ११:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नशाका रूपमा प्रयोग गरिने महँगाे लागुऔषधसहित एक व्यापारी पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार ११:३७:००

नेपालमा प्रतिबन्धित नौलो प्रकारको महँगाे आधा किलो लागुऔषधसहित मोरङमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोरङ सुन्दरहरैँचा नगरपालिका– ८ सलकपुरका व्यापारी रामप्रसाद पोखरेललाई प्रदेश १ प्रहरी र मोरङ प्रहरीको विशेष अनुसन्धान ब्युरोले पाँच सय ३० ग्राम र ९३ मिलिग्राम ‘मेथामफेटामाइन’ र ‘मिथाइलएमफेटामाइन’  नामका  महँगाे मेडिकल ड्रग्ससहित पक्राउ गरेको हो । 

प्रहरी स्रोतका अनुसार सुनचाँदी व्यवसायमा संलग्न पोखरेलले मोरङको डंग्राहमा उद्योग खोलेर आल्मयुनियमका सामानहरूको कारोबार पनि गर्न थालेका थिए ।

उनलाई मंगलबार साँझ विराटनगरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । 

त्यसपछि सलकपुरस्थित उनको घरमा छापा मारेर थप ड्रग्स प्रहरीले बरामद गरेको हो । 

पोखरेलले उक्त ड्रग्स विराटनगरमा बिक्रीका लागि ल्याएको बयान दिएको प्रहरीले जनाएको छ । 

तर विश्वमै महँगाे मानिने ‘एममिथाम’ भनिने ‘मिथामफेटाइमाइन’ लागुऔषध प्रयोग गर्नेहरू विराटनगरमा को–को छन् ? भन्नेबारे प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

पोखरेलले दिएको सूचनाका आधारमा यसका प्रयोगकर्ताको खोजीकार्य तीव्र पारेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । 

‘मेथामफेटामाइन’ र ‘मिथाइलएमफेटामाइन’ नामले जानिने यो मेडिकल ड्रग्स सरकारी नियन्त्रणमा मात्र उत्पादन गर्ने गरिन्छ ।

ब्राजिल र अमेरिकाले यो मेडिकल ड्रग्सलाई खतरनाक लागुऔषध मानेका छन् । 

गुगल सर्च इन्जिनमा उपलब्ध सूचनाअनुसार मानसिक रोगको उपचारमा प्रयोग गरिने ‘मेथामफेटामाइन’ र ‘मिथाइलएमफेटामाइन’  यो औषधीले शरीरमा उत्तेजना बढाउने गर्दछ ।