Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सोलुखुम्बु रासस
२०७७ श्रावण १४ बुधबार ०९:०८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

१४ लाख नगदसहित चार जुवाडे पक्राउ

कृषि विकास बैंकको  २९ लाखको चेकसमेत बरामद

Read Time : < 1 मिनेट
सोलुखुम्बु रासस
२०७७ श्रावण १४ बुधबार ०९:०८:००

जिल्लाको सोताङबाट १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरूलाई पक्राउ गरेको हो ।     
     
सोताङ गाउँपालिका– ५ शिवटार बजारनजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मंगलबार चारजना जुवाडेलाई पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए । 

पक्राउ पर्नेमा सोताङ गाउँपालिका– २ का दुर्गाप्रसाद राई, वडा नं. ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोसी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ ।     
     
उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामद गरिएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । यति ठूलो परिमाणमा जुवाखालबाटै पक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो ।