मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १३ मंगलबार २१:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली वामदेवलाई भेट्न भैँसेपाटी पुगे  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १३ मंगलबार २१:००:००

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनकै निवास भैँसेपाटी पुगेका छन् । उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव अघि सारेपछि ओली भैँसेपाटी पुगेका हुन् ।
 

भेटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी छन् । प्रचण्ड-नेपाल समूहमा रहेका गौतम पछिल्लो प्रस्ताव अघि सार्दै ओली पक्षमा उभिएको बताइन्छ ।

विवादबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीले विधिविपरीत गएर स्थायी कमिटी बैठक स्थगित गरेको निचोड निकालेको थियो । बैठकले आगामी स्थायी कमिटी बैठकअघि बढाउने जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

बैठकमा प्रचण्ड नेपाल समूहका २९ जना स्थायी कमिटीका सदस्य सहभागी थिए । दुईजना आमन्त्रित सदस्य पनि उपस्थित थिए । बैठकमा उपस्थित गौतमले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहन दिनुपर्ने धारणा राखेका थिए ।