Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ९ शुक्रबार
  • Friday, 25 September, 2020
नयाँ पत्रिका स्याङ्जा
२०७७ श्रावण १३ मंगलबार २०:१०:००
कोरोना अपडेट

२८ महिने बालकसहित स्याङ्जामा २५ जना कोरोना संक्रमित थपिए

नयाँ पत्रिका, स्याङ्जा
२०७७ श्रावण १३ मंगलबार २०:१०:००

स्याङ्जामा मंगलबार २८ महिने बालकसहित २५ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराद्वारा जारी विवरणअनुसार पुतलीबजार नगरपालिकाका १८ जना पुरुष र दुईजना महिला, अर्जुन चौपारी गाउँपालिकाका चारजना र वालिङ नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परीक्षणका क्रममा अर्जुनचौपारी गाउँपालिकाका २७, २५, ३३ र ३५ वर्षीय पुरुष, वालिङ नगरपालिकाका २७ वर्षीय पुरुष र पुतलीबजार नगरपालिकामा ४२, ३१, ३३, ३२, ३३, २८, २८ महिना, ३२, ३४, २५, २५, २२, २४, २७, ३३, ३२, २८ र २५ वर्षीय पुरुष गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

स्याङ्जाका सबै नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक शर्माले बताए । उनीहरूलाई सम्बन्धित पालिकाको आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।

यस्तै, निर्देशक शर्माका अनुसार बाग्लुङको निसीखोला गाउँपालिकाका पाँचजना र वरेङ गाउँपालिकाका एकजनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा मंगलबार मात्रै ३१ जना कोरोना संक्रमित भएका छन् । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा संक्रमितको संख्या एक हजार चार सय ३० पुगेको छ ।