Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण १३ मंगलबार १८:१५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

टीकापुर नगरपालिकाका १८ सयको सामाजिक सुरक्षा भत्ता कटौती हुने 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १८:१५:००

कैलालीको टीकापुर नगरपालिकाका एक हजार आठ सय ६ जना एकल महिला तथा अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती हुने भएको छ । ६० वर्षमुनिका एकल महिला एक हजार चार सय ८० जना र अपांगता भएका अतिअशक्त अर्थात् ‘ख’ वर्गको परिचयपत्र भएका तीन सय २६ जनाको सामाजिक सुरक्षा भत्ता कटौती हुन लागेको हो । 

सामाजिक सुरक्षा कार्यविधि ०७५ र सामाजिक सुरक्षा ऐन ०७६ को कार्यविधिअनुसार टीकापुर नगरपालिकाबाट भत्ता बुझिरहेका एक हजार आठ सय ६ जनाको भत्ता कटौती हुने टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत तथा सामाजिक सुरक्षा भत्ता अनुगमन तथा सुरपरिवेक्षण समितिको सदस्यसचिव रञ्जु आचार्यले  बताइन् । 

६० वर्षमुनिका एकल महिला र अतिअशक्त अपांगता भएकाको नामावली नवीकरण नभएको टीकापुर नरपालिकाका चेतमान बोहराले बताए । टीकापुर नगरपालिकामा सात हजारभन्दा बढी नागरिकले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । भत्ता कटौती भएमा टीकापुर नगरपालिकामा चार करोड १७ लाख ७९ हजार रुपैयाँ बचत हुनेछ ।

सरकारले पछिल्लो समय परिपत्र जारी गरेर ६० वर्ष उमेर नपुगेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन रोकेको हो । यस्तै अपांगता भएका व्यक्तिहरूका लागि पनि परिचयपत्रका आधारमा दिन भनेको थियो ।