सरकारले प्रतिबद्धता गरेको माग पूरा नगरेको भन्दै इनफ इज इनफले फेरि गरेको आन्दोलन जारी छ ।
कोरोना रोकथामका लागि पिसिआर परीक्षणको दायरा बढाउन तथा प्रभावकारी कदम चाल्ने माग राख्दै सत्याग्रहमा बसेका ईशान अधिकारी र पुकार बमले सरकारसँगको १२बुँदे सहमतिपछि अनशन तोडेका थिए ।
तर, १२बुँदे सहमति कागजमै हराएको भन्दै उनीहरूले पाटनमा पुनः आन्दोलन सुरु गरेका हुन् ।
उनीहरूको आन्दोलनमा कांग्रेसले ऐक्यबद्धता जनाएको छ । ऐक्यबद्धता जनाउँदै कांग्रेस नेता प्रकाशमान सिंह मंगलबार आन्दोलनमा सहभागी भएका थिए ।