मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १३ मंगलबार १६:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद जटिल मोडमा : अध्यक्ष ओलीको सहभागिताविना स्थायी कमिटी बैठक, अध्यक्ष ओलीले विधिविपरीत बैठक स्थगित गरेको भन्दै प्रचण्डलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १३ मंगलबार १६:१५:००

विवादबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले विधिविपरीत गएर स्थायी कमिटी बैठक स्थगित गरेको निर्णय गरेको छ । 

साथै बैठकले आगामी स्थायी कमिटी बैठक अघि बढाउने जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । 

मंगलबारको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले ‘विधिविपरीत स्थायी कमिटी बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन’ भन्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

मंगलबारको बैठकमा अध्यक्ष ओली अनुपस्थित रहे । अध्यक्ष ओली किन अनुपस्थित रहे ? भन्ने पत्रकारहरूको प्रश्नमा प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डले बैठकमा उपस्थित हुन निमन्त्रणा गरेको भए पनि ओली अनुपस्थित रहेको बताए ।  

प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेको परिस्थितिमा पार्टीको एकता तथा विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीसँग छलफल गरी बैठक सुचारु गर्न प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गऱ्याे ।’ 

प्रवक्ता श्रेष्ठले आजको बैठकमा २९ जना सदस्यहरू र अन्य दुईजना आमन्त्रित सदस्यहरू सहभागी रहेको बताए । 

साथै बैठकले पार्टी एकताको रक्षा गर्न, विधि र पद्धतिसम्मत ढंगले अघि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुऱ्याउन सबै नेता–कार्यकर्ता र सदस्यलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेको छ ।