Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लक्ष्मण खनाल
२०७५ माघ १७ बिहीबार ११:२८:००
Read Time : < 1 मिनेट
प्रवास

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय एनआरएनद्वारा स्वागत 

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ माघ १७ बिहीबार ११:२८:००

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुलाई देशको सामाजिक सुरक्षा र संचयकोषको सेवा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने निर्णयको गैर आवासिय नेपाली संघ(एनआरएन)ले  स्वागत गरेको छ ।

एनआरएनका प्रवक्ता भुषण घिमिरेले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले बैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा र संचयकोषको सेवा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको भन्दै मन्त्री गोकर्ण विष्ट, कर्मचारी संचयकोष लगायत सबै सम्बन्धित निकायहरुप्रति धन्यवाद ज्ञापन गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो विषयलाई निर्णायक तहमा पुर्याउन मन्त्रालयका तर्फबाट पछिल्लो समयमा भएको अध्ययनमा संघले विगत लामो समयदेखि उठाउँदै आएको हजारे अभियान सामाजिक सुरक्षा कोष लगायतका यससँग सम्बन्धित विषय, संचयकोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयहरुलाई समेत गम्भिरतापूर्वक लिइएको हामीले महशुश गरेका छौं । नेपाल सरकारको यो निर्णयको संघ सहर्ष स्वागत गर्दछ ।’