१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ श्रावण १३ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले घर बगाउँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ श्रावण १३ मंगलबार १०:३३:००

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा मंगलबार दुईजनाको मृत्यु भएको छ । 

बाँफिकोट गाउँपालिका– ९, स्यालाको एक घर गएराति पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अन्य चारजनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जसवीरकी श्रीमती ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो ।

झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मंगलबार बिहान करिब ४ बजेतिर घरदेखि १० मिटरमाथिबाट आएको पहिराले उक्त घर बगाएर झन्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्‍याएको छ ।

घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जीवितै उद्धार गरेका हुन् भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए ।

पहिरो हटाएर उनीहरूको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्मा इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले बताए ।