Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १३ मंगलबार ०९:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अजोड इन्स्योरेन्सको  सेयर नेप्सेमा सूचीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १३ मंगलबार ०९:५६:००

अजोड इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको सेयर सूचीकृत गर्ने सम्झौतामा स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार १ सय रुपैयाँ चुक्ता मूल्य कायम भएको १ करोड कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणका लागि एनआइबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेर ३० लाख कित्ता साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो ।

यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको ७० लाख कित्ता गरी जम्मा १ करोड कित्ता सेयर वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको कम्पनीले जनाएको छ ।