१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १३ मंगलबार ०९:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा तीन स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार ०९:०२:००

पर्सामा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेमा तीनजना स्वास्थ्यकर्मीसहित १५ जना रहेको नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । जसमा १४ जना पुरुष र एकजना महिला रहेका छन् । संक्रमितको उमेर २३ देखि ५६ वर्षसम्म रहेको छ ।

साउन ७ देखि ११ गतेसम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

कोरोना विशेष अस्पताल गण्डकको आइसोलेसन वार्डमा ६१ जना संक्रमितको उपचार भइरहेकाले उनीहरूलाई घरमै बस्न भनिएको हो । 

पर्सामा हालसम्म दुई सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेपछि महानगरपालिकाले एक घर एक पिसिआर परीक्षण अभियान चलाएको छ ।