१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण १२ सोमबार २१:२६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

होटेलमा बसेका एकै परिवारका तीन भारतीयमा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार २१:२६:००

बुटवलमा होटेलमा बसेका एकै परिवारका तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटेलमा गत बुधबारदेखि बस्दै आएका उनीहरूको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । 

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार उनीहरू आमाबाबु र छोरा हुन् । बुटवलको अमरपथमा रहेको गण्डकी सिरक–डसना उद्योगमा काम गर्ने उनीहरू भारतबाट आएर  होटेलमा बसेका थिए । उनीहरू कोरोना जाँच गराएपछि मात्रै काममा जाने भन्दै होटेलमा बसेका थिए ।

कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएकाे छ । पूर्वाञ्चल होटेललाई सिल गरेर मालिकसहित त्यहाँ कार्यरत चारजना कामदारलाई क्वारेन्टाइनमा राखिएको छ  । 

होम क्वारेन्टाइनमा बसेकालाई पनि कोरोना संक्रमण
बुटवलमा होम क्वारेन्टाइनमा बसेका एकजनामा कोरोना संक्रमण देखिएको छ । बुटवल–१३ स्थित घरमै बसेका एक पुरुषमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत सिंहले बताए । उनी भारतबाट आएका हुन् । उनलाई बुटवलस्थित एन्फा एकेडेमी आइसोलेसनमा राखिएको छ ।

समुदायमा नमुना संकलनमा ढिलाइ
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन समुदायबाटै नमुना संकलन गर्ने भने पनि हालसम्म सुरु भएको छैन । ५ साउनमा प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले विज्ञप्ति जारी गरेर समुदायबाट नमुना संकलन गर्ने जनाएका थिए ।
मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर उमाशंकरप्रसाद चौधरीले गाइडलाइन बनाउनेदेखि अन्य तयारी भइरहेकोले अब एक–दुई दिनमै ममुना संकलनकाे काम सुरु हुने बताए ।