मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १२ सोमबार १८:५७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा २९ थान चोरीका मोबाइल फिर्ता 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार १८:५७:००

चोरी गरिएका ३३ थान मोबाइल जिल्ला प्रहरी कार्यालय लमजुङले विशेष अनुसन्धानपश्चात् फेलापारेको छ । प्रहरीले फेलापारेको ३३ थान मोबाइलमध्ये २९ थान सोमबार मोबाइलधनीलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले चार लाख ८० हजार पाँच सय मूल्यबराबरका चोरी भएका मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरेको बताए ।

बेसीसहर नगरपालिका– ७ का सुरज तामाङले कतारमा हुँदै खरिद गरेको मोबाइल घर आएको केही दिनमा घरैबाट हराए । उनले मोबाइल खोज्न जिल्ला प्रहरी कार्यालय लमजुङमा निवेदन दिएको ६ दिनमै मोबाइल पाए । प्रहरीले ६ देखि ११ साउनसम्म चोरीका ३३ थान मोबाइल फेलापारेको डिएसपी थापाले बताए । 

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय लमजुङले आर्थिक वर्ष २०७५/०७६ मा ७ थान मोबाइल फेला पारेर फिर्ता गरिदिएको थियो । यस्तै आर्थिक वर्ष  २०७६/०७७ मा ६ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरेको थियो ।