मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १२ सोमबार १७:३७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

युभेन्टस लगातार नवौँपटक च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १२ सोमबार १७:३७:००

क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गर्दा सिरिएको साबिक विजेता युभेन्टसमाथि केही असर भएन । आइतबार राति साम्पोडियामाथि २–० को जित निकाली युभेन्टस लगातार नवौँपटक लिग च्याम्पियन बन्यो । 

घरेलु सहर टुरिनमा युभेन्टसका खेलाडीले उपाधि जितेसँगै ट्रफी समर्थक नाममा समर्पित गरेका छन् । युभेन्टसबाट २०१९/२०२० को सिजनमा सर्वाधिक ३१ गोल गरेका रोनाल्डोले भने, ‘यो उपाधि समर्थकका लागि हो, समर्थकको सहयोगविना हामी लगातार नवौँपटक लिग च्याम्पियन बन्न सक्दैनौँ ।’

युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले युरोपियन फुटबल प्रतियोगितामा दुई वर्षपछि उपाधि उचाले । लगातार नवौँपटक लिग च्याम्पियन बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरेका सार्रीले अन्तिमपटक उपाधि उचालेकै समय थियो, चेल्सीले  युरोपा लिग जित्दा । युभेन्टसले बायर्न म्युनिखद्वारा हालै बुन्डेस लिगामा बनाएको रेकर्ड तोडेको छ । 

यस सिजनमा बार्यन लगातार आठौँपटक बुन्डस लिगा च्याम्पियन बनेको थियो । गत बिहीबार अप्रत्यासित रूपमा १३औँ स्थानको उडिनेससँग पराजित हुँदा युभेन्टस तीन खेलअगाडि नै च्याम्पियन बन्न वञ्चित भयो । उडिनेसले पछिल्लो पाँच खेलमा एक मात्र जित हात पारेको युभेन्टसमाथि नै हो । प्रशिक्षक सार्रीले लगातार खेलका कारण खेलाडी अनफिट तथा थकित भएको प्रतिक्रिया दिएका थिए । उपाधिसँगै हर्षित देखिएका सार्री भन्छन्, ‘मैले खेलाडीहरूलाई भनेँ, ‘यदि खेलमा जित निकाल्न सक्यौँ भने सबै नराम्रा पक्ष समाप्त हुनेछन् ।’ 

इटालीमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि सिरिए लिग स्थगित भयो । २० जुनदेखि पुनः लिग सुचारु भयो । यो क्रममा मुख्य स्ट्राइकर रोनाल्डोले १० गोल गर्न सफल भए । यो सिजनमा उनले युभेन्टसका लागि ३१ गोल गरेका  रोनाल्डोले इटालीका विश्वच्याम्पियन फेलिस बारेलको रेकर्ड बराबरी गरेका छन् । सन् १९३३–३४ को सिजनमा फेलिसले एकै सिजन ३१ गोल गरेका थिए ।

यद्यपि अझै दुई खेल सिरिएमा बाँकी छन् । रोनाल्डोले ती दुई खेलमा गोल गर्दा फेलिसको नाममा रहेको रेकर्ड भंग हुनेछ । ‘लगातार खेलमा गोल गर्न पाउँदा अत्यन्तै खुसी छु,’ रोनाल्डो भन्छन्, ‘एउटा इतिहास बोकेको क्लबबाट च्याम्पियनसिप उपाधि जितेको दिन धेरै महत्व राख्छ ।’ 

कोभिड– १९ को समयमा समर्थकहरूले रंगशालामा च्याम्पियनसिपको खुसियाली मनाउन नपाउँदा सबैलाई दुखित बनाएको उनले बताए । रोनाल्डो भन्छन्, ‘यो उपाधि सम्पूर्ण युभेन्टसका समर्थकका नाममा समर्पित गर्न चाहन्छु, यस्तो अवस्थामा पनि समर्थकहरूले हामीलाई समर्थन गर्नुभएको छ ।’ 

युभेन्टसका डिफेन्डर लियोनार्डो बोनुसी भन्छन्, ‘लगातार नवौँपटक च्याम्पियन हुनु चानचुने कुरा होइन, धेरै कठिन समयमा पनि क्लबले इतिहास रचेको छ ।’ युभेन्टसले सिरिएमा एक नयाँ अध्याय सुरु गरेको उनले बताए । ‘मैले क्लबको इतिहासमा धेरै उतारचढावको सामना गरेँ, आज विभिन्न समस्या पार्दै युभेन्टस लगातार नवौँपटक च्याम्पियन बन्यो,’ हर्षित हुँदै उनले भने । 

युरोपमा पाँच ठूला प्रिमियर लिग छन् । युरोपियन फुटबल इतिहासमा युभेन्टसबाहेक दुई टोली मात्र छन्, जसले लगातार नवौँपटक घरेलु लिग उपाधि उचाले । स्कटल्यान्डमा सेल्टिक र बुल्गेरियामा राज्गार्डले मात्र लगातार नवौँपटक माथिल्लो लिग उपाधि चुमेका छन् । भानुआटु प्रिमियर लिगमा टेफेएलले विश्व कीर्तिमान रूपमा १५ पटक लिग जितेको छ । सन् १९९४ देखि २००९ सम्म टेफेएल च्याम्पियन बन्यो । यसैग्री लात्भियाको गिब्राटारले लगातार १४ पटक प्रिमियर लिग उचाल्यो । 

यसैगरी फ्रेन्च लिगा वानमा लियोनले सातपटक तथा रियल म्याड्रिडले दुईपटक गरी पाँचपटक स्पेनिस ला लिगाको उपाधि जितेका थिए । आर्सनल, लिभरपुल तथा म्यानचेस्टर युनाइटेड लगातार तीनपटक प्रिमियर लिग च्याम्पियन बने ।