मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १२ सोमबार १७:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोती घटना : संसदीय समितिको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १२ सोमबार १७:२२:००

रुकुम पश्चिमको चौरजहारी, सोती घटना छानबिन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवदेन संघीय संसदले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ।  प्रतिवेदन ८ साउनमा पठाएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । संघीय संसदको अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइको हो ।

रुकुम घटना छानबिनका लागि गठित संसदीय समितिका संयोजक एवं सांसद देवेन्द्र पौडेलले गत ३० असारमा सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

२६ जेठ ०७७ मा बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिमको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।  सो समितिले समयमै अध्ययन सकेर प्रतिवेदन बुुझाएको थियो । 

चौरजहारी नगरपालिका– ८ सोती गाउँमा १० जेठमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो । सोही घटनाको अध्यन गर्न विशेष संसदीय समिति बनेको थियो ।