मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
दिल बहादुर चौधरी टीकापुर
२०७७ श्रावण १२ सोमबार १५:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीको बौनियाँमा प्रहरी र स्थानीयबीच  झडप

Read Time : < 1 मिनेट
दिल बहादुर चौधरी टीकापुर
२०७७ श्रावण १२ सोमबार १५:५५:००

कैलालीको बर्दगोरिया गाउँपालिकाको  बौनियाँमा प्रहरी र स्थानीयबीच झडप भएको छ  । ट्रकको ठक्करबाट युवतीको मृत्युपछि विवाद हुँदा झडप भएको हो ।

 झडप हुँदा प्रहरीले स्थानीयमाथि लाठीचार्जसँगै ४० सेल अश्रुग्यास प्रहार गरेको  इलाका प्रहरी कार्यालय सुखदले जनाएको छ । 

स्थानीयले अहिले शवलाई सडकमा राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

सोमबार बिहान ना.६ख ३३४० नम्बरको ट्रकको ठक्करबाट २६ वर्षीया सन्तोषी बोहराको मृत्यु भएको थियो ।