मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १२ सोमबार १४:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विराटनगरमा दुई स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार १४:४४:००

विराटनगरस्थित सरकारले सञ्चालन गर्दै आएको कोसी अस्पतालका एक चिकित्सक र एकजना नर्स कोरोना संक्रमित पाइएका छन् । 

अस्पतालको फर्माकोलोजी विभागका एक चिकिसत्क र प्रसूति विभागमा कार्यरत एक नर्स कोरोना संक्रमित पाइएका हुन् ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार दुवै संक्रमितलाई उपचारका लागि विराटनगर रोडशेषचौकमा रहेको कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको छ । 

यता संक्रमित चिकित्सक र नर्स कार्यरत रहेको वार्ड सिल गरेर सतर्कताका साथ  पिसिआर परीक्षणका लागि नमुना संकलन गराउने काम भइरहेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । 

कोसी अस्पतालको सुत्केरी विभागको पोस्टमेटल वार्डमा कार्यरत संक्रमित नर्स विराटनगरमै रहेको एक निजी अस्पतालमा पनि काम गर्ने गर्थिन् ।     

शनिबार विराटनगरको मुनालपथस्थित निजी क्षेत्रबाट सञ्चालन भएको विराटनगर अस्पतालका तीनजना नर्समा कोरोना संक्रमण पाइएको थियो । 

त्योभन्दा पहिले अस्पतालका वरिष्ठ चिकित्सकमा पनि कोरोना पोजेटिभ पाइएको थियो । चिकित्सक धरानस्थित बिपी प्रतिष्ठानमा भर्ना भएर उपचार गराइरहेका छन् भने नर्सहरू विराटनगरस्थित कोभिड– १९ उपचार केन्द्रमा भर्ना भएका छन् । 

विराटनगर अस्पताललाई महानगरपालिकाले शुक्रबारदेखि नै सिल गरेर शंकास्पदहरूको परीक्षण गर्ने र अस्पताललाई स्यानिटाइज गराइरहेको छ ।