मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १२ सोमबार ११:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जुम्ला कोरोना संक्रमणमुक्त : कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई गरियो सम्मान 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार ११:५९:००

जुम्ला कोरोना भाइरस संक्रमणमुक्त भएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा एकजना संक्रमित निको भएर घर फर्केपछि जुम्ला कोरोना भाइरस संक्रमणमुक्त भएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा बाँकी रहेका एकजनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या जुम्लामा शून्य भएको प्रतिष्ठानका डा. धीरज गुरुङले बताए । 

प्रतिष्ठानका विशेषज्ञ डा. गुरुङले सुरुसुरुमा जिल्लामा कोरोनाको संक्रमण कम देखिए पनि बीचमा बढ्न पुग्यो र यसले निकै डरको अवस्था सिर्जना पनि गरेको बताए । 

जिल्लालाई संक्रमणमुक्त बनाउन सबैको अथक प्रयासबाट सम्भव भएको उनले बताए । 

उनले परीक्षणको दायरा बढाउँदा अझै संक्रमण भेटिन सक्ने भएकाले उच्च सतर्कता भने अझै कायम गरिरनुपर्ने अवस्था रहेको उनले बताए । 

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरूले गरेको सहयोग अतुलनीय रहेको बताए । 

संक्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।

जिल्लामा सबै उपलब्ध नहुने भएकोले सांकेतिक रूपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको हो ।

सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले अहिले संकटको समयमा स्वास्थ्यकर्मी नागरिकका लागि वास्तविक नायक साबित भएको बताए ।