मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १२ सोमबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नोकियाका २ नयाँ फिचर फोन बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १२ सोमबार ०६:०१:००

नेपालका लागि नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्रालिले नोकिया १२५ र नोकिया १५० (२०२०) नेपालमा ल्याउने घोषणा गरेको छ । कम्पनीले डायल गर्ने ठूलो बटनसहित टेक्स्टका लागि सहज बनाउने प्रकारको र लामो समय चार्ज टिक्ने ब्याट्रीसहितको मोबाइल फोन बजारमा ल्याएको हो । 

नोकिया १२५
नोकिया १२५ मा २.४ इन्चको स्क्रिन छ । ठूलो स्क्रिनका कारण यसमा फरक अनुभव हुने कम्पनीको दाबी छ । सोचेभन्दा कम मूल्यका कारण ग्राहकलाई अचम्म पार्ने कम्पनीको दाबी छ । यो एर्गोनोमिक डिजाइनका साथ आउँछ ।

यसमा क्लासिक साँप र अन्य उत्कृष्ट प्रयास र खरिद खेलहरू, डुअल सिम र एक वायरलेस एफएम रेडियो पनि समावेश रहेको कम्पनीले जनाएको छ । यसमा लामो समय चल्ने ब्याट्री, २ हजार सम्पर्क नम्बर सेभ गर्न मिल्ने तथा ५ सय एसएमएस सेभ गरेर राख्न मिल्ने जनाइएको छ । 

नोकिया १५० (२०२०)

यो फोनमा एमपी थ्री प्लेयर ३२ जिबीसम्म बढाउन मिल्ने स्टोरेज, फ्ल्याससहितको भिजिए क्यामेरा र ब्लुटुथबाट फोटो सेयर गर्न मिल्ने विशेषतासहित रहेको जनाइएको छ । क्लासिक साँप खेललगायत १२५ मोडेलमा रहेका विशेषताबाहेक यसमा हेडसेटविना चल्ने एफएम रेडियो रहेको छ ।

यसमा २.४ इन्चको स्क्रिन र ठूला बटनका कारण यो चलाउन सहज हुने कम्पनीको दाबी छ । डुअल सिम, टिकाउ पोली कार्बोनेट र १ हप्ताभन्दा लामो समयसम्म चल्ने ब्याट्रीका कारण यो फोन विशेष रहेको कम्पनीले जनाएको छ । 

नेपालमा नोकिया १२५ को ३ हजार ९९ रुपैयाँ र नोकिया १५० (२०२०) को मूल्य ३ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ । यी दुवै फोनमा ३ सय ६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको कम्पनीले जनाएको छ ।