१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ११ आइतबार २१:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाई ठगी गर्ने दुई युवती पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ११ आइतबार २१:५५:००

विवाह गरेर अमेरिका लैजाने प्रलोभनमा ठगी गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ काठेगाउँपालिका– २ की २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीय अमिसा केसी रहेकी छिन् । 

अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुटवलबाट पक्राउ  गरेको हो । उनीहरू भक्तपुर रोजभिलेज केलोनीमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनीहरूले आफू डिभीहोल्डर भएको र क्यालिफोर्नियामा बस्ने गरेको भन्दै युवाहरूलाई सामाजिक सञ्जालमार्फत जालमा पर्थे । सोही तरिका अपनाई उनीहरूले दुई युवासँग ६ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । उनीहरूकै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरूले नक्कली फेसबुक आइडी बनाई युवालाई प्रलोभन दिने गर्थे । यस क्रममा पक्राउ परेकी कोपिलाले बुबाको नामको समेत नक्कली आइडी बनाएको अनुसन्धानबाट खुलेको छ ।