१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १२:०६:००
Read Time : < 1 मिनेट
अर्थ

सानिमा बैंकमा नयाँ सञ्चालक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १२:०६:००

सानिमा बैंक लिमिटेडमा दुईजना नयाँ सञ्चालक चयन भएका छन् । बैंकको १४औँ वार्षिक साधारणसभाबाट सर्वसाधारण समूहबाट भरतकुमार पोखरेल र महेश घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको जनाइएको छ । बैंकले आर्थिक वर्ष ०७४/७५ मा १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको थियो । 

यसको कुल सम्पत्ति ९१ अर्ब ८२ करोड रुपैयाँ, कुल निक्षेप ७९ अर्ब १८ करोड रुपैयाँ तथा खुद कर्जा सापटी ६९ अर्ब २४ करोड रुपैयाँ रहेको जनाइएको छ ।