Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज २ शुक्रबार
  • Friday, 18 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ११ आइतबार ०८:५४:००
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकको ‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ११ आइतबार ०८:५४:००

मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरूलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । बैंकले व्यावसायिक किसानहरूको सम्मानस्वरूप कार्ड सुविधा ल्याएको हो । 

किसानलाई सहज रूपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नीतिलाई सहयोग गर्ने उद्देश्यले नेपालकै नवीनतम अफरका रूपमा ‘मेगा किसान कार्ड’ ल्याएको बैंकले जनाएको छ । कार्डमार्फत किसानले मलखाद, बिउबिजनलगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरू तोकिएका सेवा केन्द्रबाट खरिद गर्न सक्ने जनाइएको छ । यसबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने बैंकको भनाइ छ । 

व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघिदेखि नै प्राथमिकता दिएको मेगा बैंकले दाबी गरेको छ । कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै व्यापक कृषि उत्पादनमा जोड दिने उद्देश्य लिएको छ । जसअनुसार मेगा बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनसँग सम्झौतासमेत भइसकेको जनाइएको छ ।