१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ११ आइतबार ०८:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जापान रोजगारीको जथाभावी रकम नबुझाउन मन्त्रालयको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ११ आइतबार ०८:२७:००

रोजगारीका लागि जापान जान चाहने कामदारलाई जथाभावी रकम नबुझाउन श्रम रोजगार तथा  ले आग्रह गरेको छ । नेपाल सरकार र जापान सरकारबीच भएको एसएसडब्लू (स्पेसिफाइड स्किल वर्कर) प्रणालीअन्तर्गत जापान रोजगारीमा पठाउने भन्दै केही निजी संघसंस्थाले रकम असुलेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको हो ।  

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एसएसडब्लू प्रणालीमार्फत जापानमा रोजगारी पठाउँदा वैदेशिक रोजगार विभागको जापान इकाइमार्फत कामदार छनोट हुने व्यवस्था रहेको स्पष्ट पारेको छ । यस प्रक्रियामा निजी क्षेत्रको कुनै पनि भूमिका नहुने मन्त्रालयले जनाएको छ ।

तर, केही भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरूले रोजगारीमा जापान पठाउने भन्दै गैरकानुनी रूपमा रकम असुल्न थालेका छन् । यस्ता संस्थाहरूमा रकम नबुझाउन मन्त्रालयले आग्रह गरेको हो ।