मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १० शनिबार १५:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्ष कुटेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १० शनिबार १५:००:००

सर्लाहीको हरिपूर्वा नगरपालिका– ३ का वडाध्यक्ष धर्मराजसिंह महतोलाई कुटेको आरोपमा प्रहरीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायलाई पक्राउ गरेको छ । 

रायले वडाध्यक्ष महताेलाई बिहीबार साँझ सहयाेगीसँग मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । 

कुटपिटको आरोपमा राय, उनका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी विश्वमणि पोख्रेलले जानकारी दिए ।

कुटपिटबाट वडाध्यक्ष महतोको हात, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई जिल्ला अस्पताल मलंंगवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको पीडित परिवारले जनाएको छ । 

कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भएकै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृतलाई सोधपुछका लागि शुक्रबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए ।

राससका अनुसार वडाध्यक्षका परिवारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृतसहित अन्य चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन् ।