मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १० शनिबार ०६:२६:००
Read Time : > 1 मिनेट
अर्थ

महासंघको चुनाव  स्थगित गर्ने निर्णयप्रति  ढकाल समूहको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १० शनिबार ०६:२६:००

नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभा तथा चुनाव स्थगित गर्ने निर्णयप्रति वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र ढकाल र उनको प्यानलले आपत्ति जनाएको छ । महासंघका पूर्वअध्यक्षहरूसमेतको सहभागितामा बिहीबार बसेको पदाधिकारी बैठकले २६–२७ साउनका लागि तय भएको साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विधानविपरीत भएको तथा चुनावी दाउपेचका रूपमा गरिएको भन्दै ढकाल समूहले आपत्ति जनाएको हो ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी ढकाल र उनको प्यानलका वस्तुगत उपाध्यक्षतर्फका उम्मेदवार उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारी, एसोसिएट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले शुक्रबार पत्रकार सम्मेलन गर्दै चुनाव स्थगित गर्ने निर्णयमा आपत्ति जनाएका हुन् ।  ‘चैतमा गर्नुपर्ने साधारणसभा गर्न नसकेपछि लकडाउनकै बीचमा निर्णय गरेर हामीले साधारणसभा साउन २६ र २७ गतेका लागि तोकेका थियौँ,’ एसोसिएट उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्याशी ढकालले भने, ‘हिजो महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भयो, त्यसमा हाम्रो आपत्ति छ ।’

समयमै साधारणसभा हुँदा त्यसले नयाँ नेतृत्व दिने र नयाँ नेतृत्वले कोरोनाबाट प्रभावित उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरूसँग एकीकृत आवाज लैजान सक्ने ढकाले बताए । ‘अहिले पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति देखियो,’ उनले भने, ‘यसले गर्दा एकातर्फ यो संस्था बेवारिसे हुन सक्ने अवस्था देखियो भने अर्कोतर्फ यसमा आबद्ध लाखौँ उद्योगी, व्यापारी तथा व्यवसायीले अप्ठ्यारो परिस्थितिमा अभिभावकविहीनको अवस्था महसुस गर्नुपर्‍यो ।’महासंघका वस्तुगत उपाध्यक्ष श्रेष्ठले करिब ५० प्रतिशत पदाधिकारीको असहमतिका बाबजुद चुनाव स्थगित गर्ने निर्णय गरिएको भन्दै आपत्ति जनाए । अर्को समूहले चुनावमा हार्ने देखिएपछि पदाधिकारी बहुमतका आधारमा चुनाव सारेको श्रेष्ठको आरोप छ । 

कार्यसमितिको बैठकबाट निर्धारण गरेको साधारणसभाको मितिलाई पदाधिकारी बैठकले स्थगित गर्नु उचित नभएको ढकालले बताए । ‘हामीसँग फेरि कार्यसमिति बैठक बोलाउन प्रशस्त समय थियो, तर कार्यसमितिको अधिकारलाई हामीले कुल्चिने काम गर्‍यौँ, जुन अत्यन्तै दुःखद कुरा हो,’ उनले भने, ‘यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ ।’ साधारणसभा स्थगित गरेर अर्को मिति तयसमेत नगरिँदा यसले कानुनी मात्र नभई महासंघको नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको ढकालले बताए । 

उद्योग वाणिज्य महासंघ निर्वाचनमा ढकाल समूहको पदाधिकारी घोषणा