१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ९ शुक्रबार २१:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुम्सी खोज्न दुलोभित्र पसेका शिक्षकको च्यापिएर मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार २१:४९:००

दुम्सी खोज्न दुलोमा पसेका नारायण नगरपालिका– ११ बिन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टको दुलोभित्रै च्यापिएर मृत्यु भएको छ ।

माटोको ढिस्काभित्रको दुलोमा दुम्सी बसेको हुन सक्छ भन्दै पसेका, तर भित्र पसेका वेलामा दुलोमाथिको ढुंगा खसेर च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । 

उनी नौमूले गाउँपालिका–७ पैतीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहका स्थायी शिक्षकको रूपमा कार्यरत थिए । 

बिन्ध्यवासिनीको जुफिया चौबारी भन्ने ठाउँमा दुम्सी लुक्ने दुलोभित्र पसेका अर्का खड्कबहादुर विष्टले भने बाहिर निस्केर ज्यान जोगाएका छन् । दुलोभित्रै च्यापिएको करिब डेढ घन्टापछि स्थानीय र लोहोरे प्रहरी चौकीका सुरक्षाकर्मीले मृतकको शव बाहिर निकालेका थिए । मृतकको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ ।