Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ९ शुक्रबार १९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत परीक्षा समयमै गर्न चिकित्सा शिक्षा आयोगलाई शिक्षामन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ९ शुक्रबार १९:३४:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा आयोगलाई एकीकृत परीक्षा समयमै गर्न निर्देशन दिएका छन् । आयोगको अनुगमनको क्रममा शुक्रबार पोखरेलले प्रमुख चुनौती एकीकृत प्रवेश परीक्षा भएको बताउँदै डिजिटल प्रणालीबाट काम गर्न र समयमै काम सक्न निर्देशन दिएका हुन् । 

भौतिक संरचना राम्रो रहेको भन्दै पोखरेलले औचित्य पुष्टि हुने गरी परिणाम दिन आयोग पदाधिकारीलाई अनुरोध गरेका छन् । आयोगको स्थापनापछि थोरै जनशक्ति, साधन र  स्रोतको अभावबीच एमबिबिएसको छात्रवृत्ति लागू गर्नु राम्रो भएको उनको भनाइ छ ।  

आयोगका पदाधिकारीले कार्यालयको कामका लागि ठाउँ अभाव भएको र जनशक्तिसमेत अभाव भएको बताएका थिए ।