मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ९ शुक्रबार १४:३२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

एक वर्षमा हुम्लामा खाद्य कम्पनीले बेच्यो साढे १५ करोडको चामल

Read Time : < 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार १४:३२:००

सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाले एक वर्षमा १५ करोडभन्दा बढीको चामल बिक्री गरेको छ ।

गत साउनदेखि यस वर्षको असार मसान्तसम्ममा हुम्ला जिल्लामा १५ करोड ६७ लाख रुपैयाँबराबरको चाम बिक्री गरेको हो । 

शाखा कार्यालय सिमकोट, श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छेप्रेला बिक्री केन्द्र, यांचु र याल्वाङ बिक्री केन्द्रबाट गरी सो रकमबराबरको चामल बिक्री गरको कम्पनीले जनाएको हो । 

एक वर्षमा २४ हजार नाै सय २१ क्विन्टल चामल बिक्री गरेको कम्पनीका हुम्ला शाखा प्रमुख रामबहादुर विष्टले बताए । 

सिमकोट शाखा कार्यालयबाट नाै करोड ८५ लाख र याल्वाङ बिक्री केन्द्रबाट ९७ लाखको, त्यसैगरी कारागार हुम्लामा एक लाख ३७ हजार र यांचु बिक्री केन्द्रबाट ३९ लाख रुपैयाँको चामल बिक्री गरेको विष्टले जानकारी दिए । 

देउली बिक्री केन्द्रबाट ४६ लाख र छप्रेला बिक्री केन्द्रबाट ३४ लाख रुपैयाँको चामल बिक्री भएको उनले जानकारी दिए ।