मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ९ शुक्रबार १३:३६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गोरखाका स्थानीय तहको बेरुजु साढे ३५ करोड

Read Time : < 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार १३:३६:००

गोरखाका ११ स्थानीय तहको ३५ करोड ५१ लाख रकम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औँ वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो । 

गत आर्थिक वर्षमा रकम बेरुजु देखिएको हो । सबैभन्दा धेरै बेरुजु रकम गोरखा नगरपालिका र सबैभन्दा कम धार्चे गाउँपालिकाको रहेको छ । 

कार्यालयको प्रतिवेदनअनुसार गोरखा नगरपालिकाको सात करोड ७२ लाख बेरुजु रहेकाे छ । 

धार्चे गाउँपालिकाको बेरुजु ७६ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । 

पालुङटार नगरपालिकाको पाँच करोड ८३ लाख, सहिद लखन गाउँपालिकाको पाँच करोड ६३ लाख र गण्डकी गाउँपालिकाको चार करोड ९१ लाख बेरुजु रहेको कार्यालयले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको दुई करोड ६२ लाख, सिरानचोक गाउँपालिकाको दुई करोड १६ लाख र भीमसेन थापा गाउँपालिकाको एक करोड ८५ लाख बेरुजु रहेको छ । 

त्यसैगरी अजिरकोट गाउँपालिकाको बेरुजु एक करोड ५६ लाख, चुमनुव्री गाउँपालिकाको एक करोड चार लाख र आरुघाट गाउँपालिकाको एक करोड दुई लाख रहेको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।