मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
छेन्दुस्थित अमेरिकी महावाणिज्य दुतावास
एजेन्सी
२०७७ श्रावण ९ शुक्रबार १२:१६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिका–चीन टकराव : चीनले छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न दियो निर्देशन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ श्रावण ९ शुक्रबार १२:१६:००

अमेरिका र चीनबीच एक–आपसमा आरोप–प्रत्यारोप चर्किएसँगै एक–अर्काे देशमा रहेका महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिने क्रम पनि बढेको छ । 

केही दिनअघि अमेरिकाले हुस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएलगत्तै चीनले पनि जवाफी निर्णयका रूपमा छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको हो । 

चीनको पछिल्लो कदमलाई अमेरिका र चीनबीच एक–आपसमा ‘जस्तालाई तस्तै’ नीति अपनाएको भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् । 

केही दिनअघि अमेरिकाले आफ्नो देशको बौद्धिक सम्पत्ति रक्षाका लागि भन्दै हुस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोना भाइरसको संक्रमणअघि दुई देशबीच व्यापारको विषयमा लिएर तन्किरहेको तनाव कोरोना भाइरसको संक्रमणको विषयलाई लिएर पनि थप चर्किन पुगेको थियो । 

त्यसैगरी हङकङको विषयलाई लिएर पनि दुई देशबीच तनावको अवस्था विद्यमान नै छ । 

यी विषयहरूले अमेरिका र चीनले एक–आपसमा आरोप–प्रत्यारोप लगाउँदै आएका छन् । 

चीनले आफूले चालेको पछिल्लो कदम अमेरिकाकै कारण अघि बढेको प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयले पछिल्लो समय अमेरिका र चीनबीच उत्पन्न परिस्थितिको कारक अमेरिका रहेको पनि जनाएको छ । 

छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको थियो । र, त्यहाँ दुई सयभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।

यो कार्यालय रहेको छेन्दु सहर, चीन स्वशासित तिब्बतको भूमिनजिकै पर्दछ ।