१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ९ शुक्रबार ०७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ९ शुक्रबार ०७:०१:००

कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भएको, तर निर्णय भइनसकेको बताए ।

कतिपय विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग भइरहेकाले तिनीहरूको व्यवस्थापनलगायतका पक्षसमेत जोडिएकाले छलफल भइरहेको उनको भनाइ छ । परीक्षाको तयारी गरी आगामी बोर्ड बैठकबाट निर्णय हुने उनले बताए । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । 

कक्षा ११ को भने विद्यालयबाटै परीक्षा सञ्चालन गरी मूल्यांकन हुने र एक प्रति बोर्डमा पठाउनुपर्ने व्यवस्था भएको छ । कोभिड–१९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन् ।