मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ८ बिहीबार २०:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘शर्मा पार्टी एकताकै पक्षमा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ८ बिहीबार २०:१५:००

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले स्थायी कमिटी सदस्य जनार्दन शर्मा पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेको छ । प्रचण्ड र शर्माबीचको दूरी बढेका समाचार आइरहेका वेला प्रचण्डको सचिवालयले यस्तो स्पष्ट पारेकाे हो । 

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बिहीबार जारी गरेको विज्ञप्तिमा मिडियामार्फत नेताहरूमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय भएको बताएका छन् । पार्टी एकतादेखि आजसम्मको काममा शर्माले प्रचण्डलाई सहयोग गर्दै आएको र पार्टीभित्रको आन्तरिक बहसमा पनि शर्मा एकताको पक्षमा लागेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

पार्टीमा आन्तरिक वैचारिक बहसहरू हुनु जीवन्त पार्टीका विशेषता भएको उल्लेख गर्दै भनिएको छ, ‘प्रचण्डसँग जोडेर गरिएका प्रचारलाई खारेज गर्दछौँ ।’ प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओली र प्रचण्डबीचको संवादमा शर्माले नजिक बसेर काम गर्दै आएका छन् । उनले केही दिनअगाडि पनि पार्टी विभाजनको पक्षमा रहेका शक्तिले आफूमाथि आरोप लगाउने गरेको बताएका थिए ।