मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ८ बिहीबार १८:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुम्लामा हवाईजहाजबाट ३० करोड पुऱ्याइयो, रकम अभाव समस्या टऱ्याे

Read Time : < 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार १८:२२:००

हुम्लामा बुधबार हवाईजहाजमार्फत ३० करोड रुपैयाँ ल्याइएको छ । असार मसान्तमा विभिन्न विकास योजनालाई भुक्तानी दिनुपर्दा न्यूनतम ब्यालेन्स नै घटेको भन्दै राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले नेपाल राष्ट्र बैंकसँग रकम माग गरेको थियो । 

सोहीअनुसार नेपालगन्जबाट बुधबार तारा एयरको जहाजमा ३० करोड रुपैयाँ ल्याएको वाणिज्य बैंक सिमकोट शाखाकी प्रबन्धक सविता शाहीले जानकारी दिइन् । उनले राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाबाट असार मसान्तमा विभिन्न विकास योजनाको भुक्तानी दिनुपर्ने भएपछि पैसा अभाव भएको बताइन् । 

असार मसान्तमा विकास योजनाका लागि दिनकै १० करोडसम्म पैसा निकास हुँदा अभाव भएको शाखा प्रबन्धक शाहीको भनाइ छ । उनले भनिन्, ‘बैंकमा न्यूनतम ब्यालेन्स थियो, तर त्यही पैसाले नधान्ने भएपछि माग गरेअनुसार ३० करोड नेपाल राष्ट्र बैंकबाट हुम्ला आएको हो ।’ अब पैसाको समस्या समाधान भएको छ ।