Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण ८ बिहीबार १७:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार १७:२६:००

भारतसँग सिमाना जोडिएको सुनसरीको हरिनगरा गाउँपालिका– ७ घेस्कीमा  सशस्त्र प्रहरी र स्थानीयबीचको झडपमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

हरिनगरा गाउँपालिका– ७ घुस्कीस्थित दशगजानजिक गत २ साउनको राति सशस्त्रसँगको झडपमा गोली लागेर स्थानीय २१ वर्षीय साहवाज मियाँ घाइते भएका थिए । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । आइसियूमा उपचारार्थ मियाँको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकका परिवारले क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग राखेपछि स्थानीय प्रशासन, गाउँपालिकाबीच सहमति भएको छ । हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जिल्ला प्रशासन कार्यालयसँग मृतकलाई क्षतिपूर्ति दिने र घटनाको सत्यतथ्य छानबिन गरेर दोषी देखिए कारबाही गर्ने सहमति भएको बताएका छन् । सरकारले दिने १० लाख क्षतिपूर्ति दिलाउन गाउँपालिकाले पहल गर्ने भएको छ । 

गत २ साउनको राति गस्तीमा रहेका सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि नै आक्रमण भएको थियो । प्रहरीका अनुसार तस्करीमा संलग्न युवाहरूले ढुंगामुढा र बाँसको लाठीले आक्रमण गरेपछि प्रहरीले प्रतिकार गर्दा ती युवकलाई गोली लागेको थियो । ती युवकले प्रहरीको हतियार खोस्ने प्रयास जारी राख्दा आफैँ गोली चलेर मियाँको पेटमा लागेको प्रहरीको दाबी छ ।