मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ श्रावण ८ बिहीबार १२:२९:००
Read Time : < 1 मिनेट
अर्थ

डडेल्धुरामा एक अर्ब १२ करोड रकम फ्रिज

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ श्रावण ८ बिहीबार १२:२९:००

काम गर्न नसक्दा डडेल्धुरामा एक अर्ब बजेट प्रिज भएको छ । गत आर्थिक वर्षमा एक अर्ब बजेट फ्रिज भएको हो । आर्थिक वर्ष ०७६/७७ मा चालू र पुँजीगततर्फ गरी एक अर्ब १२ करोड रकम फ्रिज भएको देखिएको छ ।

संघ र प्रदेश सरकारको उक्त रकम  फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

फ्रिज भएको रकममध्ये सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत ५६ करोड २० लाख बजेट रहेको छ  भने चालूतर्फ १९ करोड ४६ लाख बजेट छ ।

यस्तै संघीय सरकारको पुँजीगततर्फ आठ करोड २० लाख रकम फ्रिज भएको छ । संघीय सरकारको चालूतर्फ २८ करोड २८ लाख बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

आर्थिक वर्षको अन्तिम चौमासिक एवं काम हुने समयमा भएको लकडाउनका कारण काम हुन नसक्दा उक्त रकम फ्रिज भएको हो । साथै हिउँदको समयमा पनि निरन्तरको वर्षा र पटकपटकको हिमपातले काम हुन नसक्दा बजेट फ्रिज भएको  पूर्वाधार विकास कार्यालय जनाएको छ ।