Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ८ बिहीबार १०:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्रिएसन र कोकाकोलाद्वारा ३ हजार २ सय सफाइकर्मीलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ८ बिहीबार १०:४०:००

क्रिएसन र कोकाकोला नेपालले सफाइकर्मीका लागि राहत प्रदान गर्ने योजना सम्पन्न गरेको छ । जसअन्तर्गत देशभरका ३ हजार २ सय १२ सफाइकर्मीलाई सुरक्षा सामग्री, रासन प्याकेज प्रदान गर्दै सुरक्षा जागरुकता कार्यक्रम सञ्चालन गरेको हो । 

कोभिड—१९ संक्रमणको त्रासबीच क्रिएसन र कोकाकोला नेपालको संयुक्त पहलमा सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट सुरु गरिएको थियो ।अन्तिम चरणको वितरण कार्यक्रम सिराहामा सम्पन्न भएको कोकाकोलाले जनाएको छ । त्यहाँका ३ सय ७० सफाइकर्मीलाई रासन ३ सय प्याकेज, औषधि, जागरुकता सामग्री र ग्लोब्स, बुट, पिपिईलगायत सुरक्षा सामग्री वितरण गरिएको कोकाकोलाले जनाएको छ ।   

यसबाहेक टोलीले भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा कार्यरत सफाइकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको थियो । उक्त जागरुकता सत्र टोलीका चिकित्सा अधिकारी डा. निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाइकर्मीलाई प्रदान गरिएको जनाइएको छ । 

सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टअन्तर्गत ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको जनाइएको छ । यस अवधिमा हरेक परिवारका ५ जना सदस्यलाई १ महिनासम्मका लागि पुग्ने रासन वितरण गरिएको थियो । यसबाट १६ हजारभन्दा बढी लाभान्वित भएको दाबी गरिएको छ । यसका साथै ७ सय ७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो । यस परियोजनाअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पर्सा, सप्तरी र सिराहा जिल्लामा वितरण कार्यक्रम सम्पन्न गरिएको कोकाकोलाले जनाएको छ । 

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले क्रिएसनसँगको यो पहल कोकाकोला नेपालको कोभिडविरुद्ध लड्न ८ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धताको एक हिस्सा भएको बताए । यस अभियानले कठिन समयमा सफाइकर्मीलाई सहयोग गरेको उनको भनाइ थियो ।