मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ८ बिहीबार ०९:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकको एक दशक पूरा, वर्षभरि नै कार्यक्रम गरी मनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ८ बिहीबार ०९:५८:००

मेगा बैंकले सञ्चालनको १० वर्ष पूरा गरेको अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वार्षिक क्यालेन्डर बनाएर वर्षभरि कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर तथा गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु बैंकको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो ।  

कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले एक दशकको छोटो समयमै व्यावसायिक योजनाहरूको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन् । १०औँ वर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८.३२ प्रतिशतमा कायम राख्न सफल भएको प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले दाबी गरिन् । वार्षिकोत्सवका अवसरमा बैंकले ‘मेगा टिक बैंकिङ’ तथा ‘मेगा बजार’जस्ता डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ ।  

देशको २८औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैटौँ स्थानमा, निक्षेप तथा कर्जाका आधारमा १२औँ स्थानमा रहेको जनाइएको छ । बैंकले १ हजार ८ सयभन्दा बढी कर्मचारीबाट ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।