१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
पहिरो पीडितका लागि सहयोग रकम हस्तान्तरण गर्दै टकमान र राजेन्द्र घले । 
नयाँ पत्रिका संखुवासभा
२०७७ श्रावण ७ बुधबार १८:१८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सिलिचोङका पहिरो विस्थापितलाई एक लाख दश हजार सहयोग  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०७७ श्रावण ७ बुधबार १८:१८:००

कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल संखुवासभाका जिल्ला सभापति टकमान घले र कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिका सहसचिव तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र घलेले सिलिचोङका पहिरो विस्थापितहरूलाई एक लाख दश हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार आयोजित एक कार्यक्रममा युवा नेताद्वयले सिलिचोङ समन्वय समिति काठमाडौंका अध्यक्ष संयोगान्त कुलुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, जिल्ला सचिव निरु तामाङ (बस्नेत)लगायतको उपस्थिति थियो । सहयोग रकम हस्तान्तरण गर्दै घलेले प्राकृतिक विपत्तिको घडीमा महलमपट्टि लगाउन यो रकमले केही सहयोग गर्ने विश्वास व्यक्त गरे । यसैगरी चिचिला गाउँपालिका कार्यपालिका सदस्यसमेत रहेका घलेले दुःख र पीडाका वेला उनीहरूको आँसु पुछ्न नसके पनि केही सक्ने सहयोग गरेको बताए । 

२७ असार राति सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएको पहिरोमा बेपत्ता भएका ११ जना अझै फेला परेका छैनन् भने नौजनालाई बगाएको थियो । विस्थापित परिवारहरूलाई सोही गाउँपालिकाको बुधबारे बजार र चित्रेका अस्थायी वासस्थानमा राखिएको छ ।