मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ७ बुधबार ११:१८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भावनात्मक तनाव व्यवस्थापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ७ बुधबार ११:१८:००

- तनावलाई पूर्ण रूपमा हटाउन सकिँदैन । तर, शारीरिक, मानसिक अभ्यासबाट तनाव घटाउन सकिन्छ ।

- तनावले डर, त्रास, उदासीपन, अनिद्रा, एन्जाइटीजस्ता समस्या निम्त्याउँछ । त्यसको प्रत्यक्ष असर शरीरमा पर्छ । श्वासप्रश्वास र मुटुको धड्कन बढ्छ, ध्यान केन्द्रित गर्न सकिँदैन र पाचन प्रणालीमा समस्या आउँछ ।

- भावनात्मक तनावको असर व्यक्तिपिच्छे फरक हुन्छ । व्यवस्थापन क्षमताका आधारमा यसको असर देखिन्छ ।

- ध्यान केन्द्रित नहुने र कुनै कुरा सम्झिन गाह्रो हुने यसका मुख्य लक्षण हुन् । तनाव बढ्दै जाँदा एन्जाइटी, रिस, निराशा, उदासीपन देखिन्छन् ।

- खानामा अरुचि, टाउको दुख्ने, मांसपेशी दुख्ने, ग्यास्ट्राइटिस र अनिद्रा तनावका शारीरिक लक्षण हुन् ।

- तनाव व्यस्थापनका लागि स्वस्थ आहारविहार महत्वपूर्ण हुन्छ । समयमै खाना खाने, पर्याप्त पानी पिउने, शारीरिक व्यायाम गर्ने, पर्याप्त निदाउने गर्दा सजिलै तनाव व्यवस्थापन हुन्छ।

- तनाव निम्त्याउने कारण थाहा हुँदा व्यवस्थापन पनि सहज हुन्छ । तनावले नकारात्मक सोच बढाउँछ, जसले शारीरिक र मानसिक दुवै हिसाबबाट व्यक्तिलाई कमजोर बनाउँछ ।

- तनावग्रस्त व्यक्तिले न त ठीक ढंगले आफ्नो काम गर्न सक्छ, न खुलेर जीवनको आनन्द उठाउन सक्छ । तनाव एक प्रकारको मानसिक विकार पनि हो । कामको अत्यधिक बोझले पनि तनाव निम्त्याउँछ ।

- तनावमुक्त रहन खानपान पनि महत्वपूर्ण हुन्छ । ‘भिटामिन सी’युक्त खानेकुरा, हरियो सागसब्जी, हर्बल चिया, काजु, बदामजस्ता खानेकुराले तनाव व्यवस्थापनमा सहायता पुर्‍याउँछन् । अत्यधिक चिल्लो पदार्थ र जंकफुडले तनाव बढाउँछन् ।

- ध्यान र योग तनाव व्यवस्थापनको सबैभन्दा उत्तम विधि मानिन्छ । त्यसले शारीरिक-मानसिक दुवै हिसाबबाट व्यक्तिलाई स्वस्थ राख्छ । राति सुत्ने र बिहान उठ्ने समय निश्चित गर्नुपर्छ।