मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ६ मंगलबार १३:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 अविरल वर्षाले पर्वत कारागारको पर्खाल भत्कियो, महिला कैदीबन्दी अन्यत्र सार्ने तयारी

Read Time : < 1 मिनेट
२०७७ श्रावण ६ मंगलबार १३:१८:००

दुई दिनदेखिको अविरल वर्षाका कारण पर्वत कारागारको पर्खाल भत्किएको छ । कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल १० मिटरभन्दा बढी भत्किएको हो । 

पर्खाल भत्किएपछि महिला बन्दीगृहमा समस्या उत्पन्न भएको छ । कारागारमा ९५ जना कैदीबन्दी छन् । जसमध्ये महिला बन्दीगृहको छुट्टै भवन नभए पनि एउटै पर्खालभित्र पार्टेसन गरेर महिलालाई राखिँदै आएको थियो । 

अहिले कारागारमा रहेका महिला कैदीबन्दीलाई छिमेकी जिल्ला बाग्लुङ र बेनीको कारागारमा सार्ने तयारी भइरहेको जेलर हरिकृष्ण शर्माले बताए । 

पर्वत कारागारका सबै संरचना जीर्ण भएका छन् । कारागारमा महिला बन्दीगृह बनाउन सुरु गरिए पनि बजेट अभावमा एक दशकदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेको निर्माणाधीन महिला बन्दीगृहको पर्खाल पनि भत्कने अवस्थामा पुगेको छ ।