१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ६ मंगलबार १३:११:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

काभ्रेका स्थानीय तहको बेरुजु पौने ६८ करोड

Read Time : > 1 मिनेट
२०७७ श्रावण ६ मंगलबार १३:११:००

महालेखापरीक्षकको कार्यालयले तयार पारेको ५७औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रे जिल्लाका स्थानीय तहहरूको बेरुजु पौने ६८ करोड देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष ०७५/७६ को बेरुजु ६७ करोड ७५ लाख ६७ हजार देखिएको छ ।

जिल्लामा ६ नगरपालिका र सातवटा गाउँपालिका रहेका छन् । प्रतिवेदनअनुसार १३ स्थानीय तहमध्ये प्रतिशतको आधारमा पनौती नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । पनौती नगरपालिकाको ९ दशमलव ४४ प्रतिशत बेरुजु देखिएको छ । महालेखापरीक्षकको वार्षिकोत्सवको प्रतिवेदनअनुसार पनौती नगरपालिकाको एक अर्ब ७५ करोड ६७ लाख पाँच हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा १६ करोड ५७ लाख ५६ हजार बेरुजु भएको छ । 

त्यसैगरी, दोस्रो नम्बरमा खानीखोला गाउँपालिका परेको उक्त प्रतिवेदनमा देखिन्छ । खानीखोला गाउँपालिकाको ५३ करोड ६७ लाख ५६ हजारको परीक्षण गरेकोमा तीन करोड ७६ लाख ३१ हजारको बेरुजु प्रतिवेदनमा उल्लेख छ । उक्त बेरुजु रकम ७ दशमलव ०१ प्रतिशत रहेको देखिन्छ ।

काभ्रे जिल्लाको स्थानीय तहमध्ये धुलिखेल नगरपालिका सबैभन्दा कम बेरुजु भएको स्थानीय तहको रूपमा प्रतिवेदनमा उल्लेख छ । जहाँ एक दशमलव ४१ प्रतिशत मात्र बेरुजु देखिन्छ । धुलिखेल नगरपालिकाको एक अर्ब २२ करोड ४१ हजारको लेखापरीक्षण गरेकोमा एक करोड ७२ लाख ३७ हजार मात्र बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । याे काभ्रे जिल्लाको स्थानीय तहमध्येको सबैभन्दा कम बेरुजु प्रतिशत भएको स्थानीय तहको रूपमा प्रतिवेदनमा दाबी गरेको छ ।

तेमाल गाउँपालिकाको पाँच करोड ५ लाख २३ हजार बेरुजु अर्थात् ६ दशमलव ९२ प्रतिशत बेरुजु प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै भुम्लु गाउँपालिकाको ८३ करोड ५८ लाख २७ हजारको लेखापरीक्षण गरिएकोमा पाँच करोड २७ लाख २५ हजार अर्थात् ६ दशमलव ३१ प्रतिशत, बेथानचोक गाउँपालिकाको ७३ करोड ७३ लाख ९३ हजारको लेखापरीक्षण गरेकोमा चार करोड ६५ लाख ६६ हजार अर्थात् ६ दशमलव ३१ प्रतिशत, नमोबुद्ध नगरपालिकाको एक अर्ब नाै करोड ३७ लाख ९६ हजारको लेखापरीक्षण गरिएकोमा ६ करोड ६१ लाख ८२ हजार अर्थात् ६ दशमलव ०५ प्रतिशत बेरुजु छ ।

त्यस्तै रोसी गाउँपालिकाको एक अर्ब १५ करोड १६ लाख १७ हजारको लेखापरीक्षण गरेकोमा ६ करोड ६३ लाख ५२ हजार अर्थात् ५ दशमलव ७६ प्रतिशत, बनेपा नगरपालिकाको एक अर्ब ५१ करोड ४१ लाख ९१ हजारको लेखापरीक्षण गरेकोमा सात करोड ४३ लाख ७० हजार अर्थात् ४ दशमलव ९१ प्रतिशत, महाभारत गाउँपालिकाको ६३ करोड १४ लाख ६ हजारको लेखापरीक्षण गरेकोमा एक करोड ९२ लाख ६० हजार अर्थात् ३ दशमलव ०५ प्रतिशत छ ।

चौरीदेउराली गाउँपालिकाको ८६ करोड तीन लाख ३६ हजारको लेखापरीक्षण गरेकोमा दुई करोड ४४ लाख १८ हजार अर्थात् २ दशमलव ८७ प्रतिशत, पाँचखाल नगरपालिकाको एक अर्ब २६ करोड ३० लाख ३७ हजारको लेखापरीक्षण गर्दा तीन करोड ५१ लाख २३ हजार अर्थात् २ दशमलव ७८ प्रतिशत र मण्डनदेउपुर नगरपालिकाको एक अर्ब २० करोड ३१ लाख ३६ हजारको लेखापरीक्षण गरेकोमा दुई करोड १४ लाख २४ हजार अर्थात् एक दशमलव ७८ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको ५७औँ वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख गरेको छ ।