१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण ६ मंगलबार १०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली गरेर नेपाल ल्याइएका प्रतिबन्धित माछा बरामद 

Read Time : < 1 मिनेट
२०७७ श्रावण ६ मंगलबार १०:१४:००

नेपालमा प्रतिबन्धित भारतीय माछा सुनसरी प्रहरीले बरामद गरी नष्ट गरेको छ । भारतबाट विराटनगर नाकाबाट ल्याउँदै गर्दा साउन २ गते सुनसरीको इनरुवा–४ बस स्टसेनबाट नियन्त्रणमा लिएको थियो । 

नेपालमा प्रतिबन्धित माछा क्याट फिस (मागुर) जसलाई नेपालमा मुग्री भनिन्छ  डब्लुबी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याउँदै गर्दा जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेको हो । भन्सारको अनुमतिपत्रमा  ५८२० केजी बिल उल्लेख भए पनि वास्ताविक तौल ७५१० केजी पाइएको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए । 

भन्सार कार्यालयमा एक हजार ६ सय ९० केजी कमको बिल देखाएर भित्र्याइएको नेपालमा प्रतिबन्धित भएका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ का मत्स्य विकास अधिकृतको प्रतिवेदन पेस भएपछि सोमबार जिल्ला प्रहरी कार्यालय इनरुवा परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले नष्ट गरेको जानकारी दिएको छ ।

माछा बरामद भएपछि  माछा पशु क्वारेन्टाइन चेकपोस्ट भन्टाबारीमा बुझाएको थियो  । उक्त चेकपोस्टले पनि माछा नष्ट गर्न पत्र काटेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरभित्र खाडल खनी नष्ट गरिएको एसपी थापाले जानकारी दिए । 

ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि सेतुबन्धु भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । चालक पश्चिम बंगाल उत्तर चौबीस परागाना जिल्लाको इमामुल गोल्दारका भएको प्रहरीले जनाएको छ ।