मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १०:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल वायुसेवा निगमको उद्धार उडानको भाडादर वेबसाइटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १०:१८:००

विश्वव्यापी रूपमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि लागू भएको लकडाउनका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउँदा लाग्ने भाडादर नेपाल वायुसेवा निगमले वेबसाइटमा राखेको छ । विभिन्न व्यक्तिले उडान नभएको ठाउँ र बढी भाडा लिने गरी प्रचार गरेको पाइएको भन्दै निगमले उडान हुने स्थान र भाडादर वेबसाइटमा राखेको हो । 

उडानतालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको कम्पनीले जनाएको छ । कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको भन्दै निगमले यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यात्रुलाई सहजै टिकट मिलाइदिने भनी प्रचार–प्रसार गर्ने व्यक्तिलाई विश्वास नगर्न निगमले अपिल गरेको छ । निगमको वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भएमा प्रचलित कानुनबमाजिम कारबाही प्रक्रिया अघि बढाउने निगमले जनाएको छ ।