Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फोटो रासस
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ५ सोमबार १७:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय समितिहरूबीच समन्वयको अभाव, सभापतिहरूले राखे सभामुख र अध्यक्षसामु गुनासा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ५ सोमबार १७:१७:००

संसदीय समितिहरूको कामकारबाही, उपलब्धि, समन्वयलगायतका विषयमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र समिति सभापतिहरूबीच छलफल भएको छ । आइतबार सिंहदरबारमा भएको छलफलमा संसद्का १६ वटा समितिमध्ये १३ समिति सभापतिहरूको उपस्थिति थियो ।

बैठकमा समितिहरूका कामकारबाही, समस्यालगायतका विषयमा छलफल भएको सभामुख अग्नि सापकोटाको भनाइ छ । बैठकपछि सापकोटाले पत्रकारहरूसँग भने, ‘समितिका कामकारबाही, समस्या र समाधानका उपायबारे छलफल भयो । सभापतिहरूले समितिहरूबीच समन्वयको अभाव रहेको कुरा बताउनुभयो । मिटिङ गर्नका लागि समय प्रतिकूल भएको, भौतिक दूरी कायम गरेर बैठक गर्नका लागि हलको अभाव भएकोजस्ता विषयमा कुरा उठाउनुभयो । अरु प्राविधिक सामग्रीहरूकाे अभाव भएको कुरा सुनाउनुभएको थियो ।’

समितिको कार्यक्षेत्रका विषयलाई लिएर पनि बैठकमा कुरा उठेको सभामुख सापकोटाले बताए । बैठकको मुख्य एजेन्डा समितिहरूको कामकारबाहीको सम्बन्धमा समस्या र समाधानका उपायहरूरु भन्ने थियो ।

बैठकमा समिति सभापतिहरूले आ–आफ्नो समितिका उपलब्धिहरू सुनाएका थिए । त्यस्तै, अहिलेसम्म भोग्नुपरेका समस्या र समाधानका लागि खोजिएका उपायहरूको बारेमा पनि सभापतिहरूले ब्रिफिङ गरेका थिए । 

समितिले मन्त्रालयलाई दिएका निर्देशनहरू कार्यान्वयन भए–नभएको विषयमा पनि बैठकमा कुरा उठेको थियो । निर्देशन कार्यान्वयन नभएको, ढिलो कार्यान्वयन भएको विषयमा सभापतिहरूले सभामुखलाई गुनासो पोखेका थिए ।

संसद्को सर्वोच्चता र स्वायत्तताको विषयमा प्राथमिकताका साथ छलफल भएको कृषि समिति सभापति पूर्णकुमारी सुवेदीको भनाइ छ । त्यस्तै, समितिहरूलाई साधनस्रोत, प्रविधिमैत्री बनाउनुपर्नेमा पनि सभापतिहरूले जोड दिएको उनको भनाइ छ । ‘साधन, स्रोत छैन । प्रविधिमैत्री समिति छैन । हलहरूको पनि अभाव छ । यस्ता विषय हामीले सभामुखलाई सुनायौँ,’ उनले भनिन् । 

समितिहरूको दोहोरोपनाको विषयमा पनि कुरा उठेको सुवेदीको भनाइ छ ।