मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ५ सोमबार १३:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : ‘पूर्वमाओवादी’ पृष्ठभूमिका नेकपाका स्थायी कमिटी सदस्यहरू प्रचण्डनिवासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ५ सोमबार १३:२८:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा सोमबार ‘पूर्वमाओवादी’ पृष्ठभूमिका नेकपाका स्थायी कमिटी सदस्यहरूकाे भेला भएकाे छ । 

भेलामा अध्यक्ष दाहालले उनीहरूलाई पछिल्लो परिस्थितिबारे स्पष्ट पार्नुका सार्थ सुझाब लिने काम गरेका थिए ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गरेर नेतृत्व परिवर्तनको प्रस्ताव राखेको सन्दर्भमा पनि उनले सुझाब लिएका थिए ।

उनले अहिले विचारको लडाइँ र कार्यशैलीको प्रश्नमा विवाद रहेको उल्लेख गर्दै सहमतिको कोसिस भइरहेको बताएका थिए ।

सहभागी अधिकांशले पार्टी एकता अक्षुण्ण राख्नुपर्ने सुझाब दिएको स्रोतले जानकारी दिएकाे छ ।