१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण ५ सोमबार १३:१९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनमा ६ महिनापछि खुले चलचित्र हल

Read Time : < 1 मिनेट
२०७७ श्रावण ५ सोमबार १३:१९:००

कोरोना भाइरसको संक्रमणपछि बन्द हुन पुगेका चीनका चलचित्र हल ६ महिनापछि पुनः खुलेका छन् । 

सोमबारबाट चीनका चलचित्र हलहरू खुला गरिएको बिबिसीले जनाएको छ । 

चीनको चलचित्र प्रशासनले कम जोखिमयुक्त क्षेत्रमा रहेका चलचित्र हलहरू खोल्न अनुमति दिएको जनाएको हो । 

चलचित्र हलहरू बन्द हुँदा ती हल सञ्चालकहरूको व्यापार ठप्प हुन पुगेको थियो । हलहरू खुलेसँगै पुनः व्यापार लयमा फर्कने आशा ती हल सञ्चालकहरूले व्यक्त गरेका छन् । 

हलहरू पुनः खोल्दा नयाँ नियमहरू कडाइका साथ पालना गरिएको अधिकारीहरूले जनाएका छन् । जसमा हलमा कुल क्षमताको ३० प्रतिशत मात्र दर्शक राख्नुपर्नेछ । 

साथै सम्बन्धित चलचित्र हलले देखाउन सक्ने चलचित्रको संख्याको क्षमतामा आधा मात्र देखाउनुपर्नेछ । 
अर्थात् एकैदिनमा क्षमताअनुसार धेरै चलचित्र देखाउन पाइने छैन । 

साथै हलमा प्रवेश गर्ने सबै दर्शकको अनिवार्य रूपमा तापक्रम लिनुपर्ने र उनीहरूले मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम बनाइएको छ । 

साथै टिकट प्रत्यक्ष भौतिक रूपमा काट्ने नभई अनिवार्य रूपमा अनलाइनबाट मात्र खरिद गर्न पाइने व्यवस्था गरिएको छ । 

त्यसैगरी चलचित्र हलहरूभित्र खानेकुरा र पेयपदार्थ लैजान पाइने छैन । 

चीन विश्वमा चलचित्र क्षेत्रको दोस्रो ठूलो बजार हो ।