१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ५ सोमबार ०८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सार्वजनिक यातायात आजदेखि पूर्ण रूपमा सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ५ सोमबार ०८:३८:००

कोरोनाका कारण भएको लकडाउनमा बन्द रहेका सार्वजनिक यातायातका साधन आज (सोमबार)देखि पूर्णरूपमा सञ्चालन हुँदै छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले काठमाडौं उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो । 

सरकारले १ साउनबाटै सार्वजनिक यातायात सञ्चालन हुने घोषणा गरेको थियो । तर, व्यवसायीले भने लकडाउनले परेको मारका कारण तत्कालै सञ्चालन गर्न नसक्ने भनेका थिए । 

आइतबार महासंघका पदाधिकारी र व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक हमाललाई भेटेर छलफलपछि तत्काललाई काठमाडौं उपत्यकामा सबै गाडी चलाउने र क्रमशः संक्रमण कम भएका जिल्लातर्फ जाने रुटमा समेत सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष किरणकुमार रिजालले बताए ।

 ‘सरकारले लकडाउनले थलिएका व्यवसायीका मागहरू मौद्रिक नीतिमार्फत केही हदसम्म सम्बोधन गरेको छ, ती व्यवस्थाहरू लागू हुने अवस्था भए हामीले गाडी कुदाउन सक्ने बतायौँ,’ उनले भने । 

विभागका महानिर्देशक गोगनबहादुर हमालले क्रमशः प्रदेश र जिल्लातर्फका रुटमा पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने तयारी गर्न व्यवसायीलाई आग्रह गरे । ‘पहिले काठमाडौंमा हेरौँ, त्यसपछि क्रमशः उपत्यकाबाहिर पनि आवश्यकता र संक्रमणको जोखिम हेरेर सञ्चालन गर्नुपर्छ,’ उनले भने ।