मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ४ आइतबार १४:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

Read Time : < 1 मिनेट
२०७७ श्रावण ४ आइतबार १४:५६:००

झापामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको छ । 

गएराति साढे ११ बजे गौरीगन्ज– ५ फत्तेपुरस्थित ढाक्राखोलामा झडप भएको हो । 

गस्तीमा गएको सशस्त्र प्रहरीको ६ जनाको टोलीमाथि ४०–५० को संख्यामा रहेका भारतीय नागरिक घरेलु हतियारसहित आक्रमणमा आएपछि आत्मरक्षाका लागि हवाई फायर गर्नुपरेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । 

झडपमा सशस्त्र प्रहरीका ६ जना जवान घाइते भएको उनले जानकारी दिए । 

उनले अहिले त्यहाँको अवस्था सामान्य छ । 

स्रोतका अनुसार एकजना भारतीय नागरिक घाइते भएका छन् । 

घाइते भएका ६ जना सशस्त्र प्रहरीको अवस्था अहिले सामान्य छ । 

झडप हुनुको कारण भने अहिलेसम्म खुलेको छैन । 

घटनास्थलतर्फ गएका सशस्त्र प्रहरीका एसपी रेमशकुमार थक्कुले घटनाबारे थप अनुसन्धान हुने बताए । 

घटनास्थल झापाको सदरमुकाम चन्द्रगढीबाट झन्डै ६५ किलोमिटर टाढा पर्छ ।