मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण ४ आइतबार १४:४२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा २४ घन्टाभित्र करिब ३९ हजार संक्रमित

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण ४ आइतबार १४:४२:००

भारतमा विगत २४ घन्टामा अहिलेसम्मकै धेरै ३८ हजार नौ सय दुईजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । 

योसँगै भारतमा कोभिड– १९ संक्रमितको कुल संख्या १० लाख ७७ हजार ६ सय १८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

भारतमा आइतबारसम्म निको भई घर फर्किने कोभिड– १९ संक्रमित बिरामीको संख्या ६ लाख ७७ हजार चार सय २३ पुगेको छ । संक्रमित अवस्थामै रहेका भने तीन लाख ७३ हजार तीन सय ७९ जना छन् ।

सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख नौ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ ।